Indrenionline.com

अखिल क्रान्तिकारीद्धारा मुल इकाई कमिटी गठन

दाङ, १७ जेठ
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङले आज भगवती मा.बि होडबाङ्मा प्रेम पुनको अध्यक्षतामा ५९ सदस्यीय मुल इकाई कमिटी गठन गरेको छ ।1

कमिटीको जसको उपाध्यक्षमा रोम प्रसाद थापा, बिमला पुन, सचिबमा केशव घर्ती मगर, सहसचिवमा छबिलाल पुन र कोषाध्यक्षमा श्यामलाल सुनार रहनु भएको छ ।

सङगठन बिस्तार तथा जागरण अभियान अन्तर्गत आज मा.बि होडबाङ्मा मुल इकाइ कमिटी गठन गरिएको अखिल क्रान्तिकारी दाङका उपाध्यक्ष जंग रोकाले जानकारी दिनुभयो ।।