एजेन्सी, ३ फागुन । भ्यालेन्टाइन डेको अघिल्लो दिन एक पाकिस्तानी अदालतले देशभर सार्वजनिक स्थान तथा सरकारी कार्यालयमा सो दिवस नमनाउन आदेश दिएको छ। इस्लामावाद उच्च अदालतले तुरुन्तै लागु हुनेगरी सो आदेश जारी गरेको हो।
अब्दुल वहिद नामक व्यक्तिले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्यालेन्टाइन डे प्रबर्द्धन गर्नु ‘इस्लामिक शिक्षाविरुद्ध भएकोले तुरुन्तै प्रतिबन्ध लगाइनुपर्ने’ माग गर्दै निवेदन दिएका थिए।