इन्द्रेणी संवाददाता
दाङ, १७ चैत्र
हापुर उच्च मावि निघुवार दाङका प्राधानाध्यापक कृष्णप्रसाद गौतमलाइ विद्यालयले आज विदाइ गरेको छ ।
शिक्षक अभिभावक संघका गोमा विकको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक शेर वहादुर विष्टको प्रमुख आतिथ्यता तथा नारायणपुर स्रोत केन्द्रका स्रोत व्यक्ति हुमवहादुर केसीको विशिष्ट आतिथ्तामा कार्यक्रम भएको हो ।
प्रधानाध्यापक गौतमलाइ कक्षा ९ र १० का विदालर्थीले मायाँको चिनो र प्रमुख अतिथी विद्यालय निरिक्षक विष्टले प्रशंसापत्र प्रदान गर्नुभएको थियो । शिक्षक मिनराज शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक घनश्याम वरालले गर्नुभएको थियो ।।