गोरखा, २ फागुन । नेपाल पत्रकार महासंघ गोरखाको सभापति पदका लागि प्रेस सेन्टर गोरखाले राजेन्द्र न्यौपानेलाई उम्मेदवार छनौट गरेको छ । गोरखामा रहेर झण्डै दुई दशक पत्रकारितामा विताएका न्यौपाने प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हुन ।
गोरखामा पत्रकार महासंघको संस्थागत विकास हुन नसकिरहेका बेला न्यौपानेको उम्मेदवारीलाई महत्वका साथ हेरिएको गोरखाका क्रियाशिल पत्रकारहरुले बताएका छन् ।