इन्द्रेणी संवाददाता
तुलसीपुर । रिपोर्टस क्लब दाङले सोमबार बिभिन्न ब्यक्तिलाई स्वागत तथा सम्मान गरेको छ । क्लबले तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी भखरै तुलसीपुर नगरपालिकाको कार्यकारी अधिकृतिको रुपमा तुलसीपुरमा आउनु भएका टोपेन्द्र केसी, केही समय अघि काठमडौमा सम्पन्न प्रेस चौतारीको अबिधेशनबाट केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नंबर ५ को संयोजकको रुपमा चुनिनु भएका सबिन प्रियासन र केन्द्रिय सचिब देबिका घर्तिलाई स्वागत तथा सम्मान गरेको हो ।
क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका नबनिर्बाचित उपाध्यक्ष तथा प्रदेश नंबर ५ का संयोजक सबिन प्रियासनले पत्रकारीता क्षेत्रका पिडालाई उजागर गर्न भुमिका निर्बाह गर्ने बताएका छन् ।्
उनले पत्रकारहरुको महत्वपुर्ण भुमिकाले नै जिल्लालाई बिकास गर्न टेवा पुग्ने भन्दै उनले पत्रकारको बिकास गाउका दुरदराज क्षेत्रमा पनि पु¥याउनु पर्ने भनाई राखेका थिए
पटक पटक पत्रकारहरु घोराही केन्द्रित भएको गुनासो आईरहेको भन्दै उनले त्यसो नभई समग्र दाङलाई पत्रकारलाई हेर्ने दृष्टिकोण एउटै बनाउने भुमिका खेलेको बताए । उनले समग्र दाङको बिकासका लागी आफुले पत्रकारीताको माध्यामबाट सशक्त भुमिका खेलेको पनि बताए । दाङको बिकासका गर्न दाङका बिभिन्न क्षेत्रमा सञ्चार माध्यामको बिकास आबश्य रहेको पनि उनले बताए ।
समृद्ध दाङ अभियानका संयोजक समेत रहेका उनले दाङ प्रादेशीक राजधनि दाङमै बन्ने बताएका छन् । शनिबार अर्थमन्त्री बिष्णु पौडलले प्रस्तुत गरेको आगामी बर्षकालागी बढि योजना बुटवल परेकाले बुटवल नै राजधनि बन्छ भन्ने दाङबासीको बुझाई भएको भन्दै उनले राजधानि बुटवल नभई दाङमा नै बन्ने बताएका छन् ।
उनले आगामी आर्थिक बर्षमा बढि योजना बुटवलमा हुदैमा दाङ राजधानि बन्न सक्दैन भन्नु गलत भएको उनले बताए । कार्यक्रममा बोल्दै नबनिर्बाचित प्रेस चौतारी की केन्द्रिय सचिब देबिका घर्ती मगरले महिला पत्रकार टिकाउने जिम्मेवारी थपिएको बताएकी छिन् । महिला पत्रकारहरुको संख्यामा कमी रहेको र लामो समय सम्म टिक्न नसक्ने अबस्था शिर्जन भएकाले यो समस्यालाई निराकरण गर्न आफु लागी पर्ने बताएकी छिन् ।
कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल , राष्ट्रिय समाचार समितीकी राप्ती प्रमुख नारायणी रजौरे, तुलसीपुर नगर जेसीसका अध्यक्ष सुर्य प्रसाद शर्मा, तुलसीपुर नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेल, प्रेस चौतारी दाङका सचिब बसन्त बिबश आचार्यले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमका सहजिकरण क्लबका कोषाध्यक्ष बालाराम खडकाले गरेक थिए ।