Indrenionline.com

वजेट चुहावटवारे छानविन गर्न काँग्रेको माग

काठमाण्डौ, १७ जेठ
संसदमा प्रस्तुत हुनु अघि नै बजेट सार्बजनिक भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले दोस्रोपटक पनि संसद बैठक अबरुद्ध गरेको छ । बिहान ११ बजेको बैठक कांग्रेस सांसदहरुको अबरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको थियो ।download

त्यसपछि बसेको बैठक पनि कांग्रेसका सांसदहरुले अबरुद्ध पारेका छन् । सभामुख ओनसरी घर्तीले दिउँसो साढे एक बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो । दोस्रोपटकको बैठकमा बोल्दै कांग्रेस सांसद रमेश लेखकले संसदीय छानबिन समिति गठन नभएसम्म सदनको काम कारबाही अघि बढ्न नसक्ने बताउनुभयो ।

संसदमा प्रस्तुत हुनुभन्दा अघि नै पत्रिकामा बजेट सार्बजनिक गरेर सरकारले गम्भीर अपराध गरेको उहाँको भनाइ छ । बजेटमाथि छलफल गर्न पाउनु संसदको अधिकार भएको भन्दै लेखकले संसदमा पेश नभइकन बजेटलाई पत्रपत्रिकामा सार्वजनिक गर्नु गम्भीर अपराध भएको वताउनुभयो ।

आर्थिक वर्ष २०७३र७४ को बजेट सदनमा प्रस्तुत हुनुअघि नै एक दैनिक पत्रिकामार्फत् सार्बजनिक भएको भन्दै कांग्रेसले अर्थमन्त्री विष्णु पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएको छ । आर्थिक सूचनाहरु बजेट घोषणा अगावै बाहिर चुहिँदा आर्थिक अनुशासन उल्लंघन भएको र कर छल्नेहरुलाई सजिलो भएको कांग्रेस सांसदको आरोप छ ।

यसअघि आज बिहान संसद बैठक सुरु भएलगत्तै कांग्रेस र मधेसी मोर्चाका सांसदहरु उँभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने पालो पाएका पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद रामशरण महतले सदनमा पेश गर्नुपहिले नै बजेट सार्बजनिक गरेर अर्थमन्त्रीले संसदको विशेषाधिकार माथि मानहानी गरेको आरोप लगाउनुभयो ।।