काठमाडौं–राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि बैंकहरुबीच एकिकरण भएजस्तै काठमाडौंका दुई सहकारीले समेत एकिकृत कारोबार सुरु गरेका छन् ।
विशेष साधारणसभामा एकिकृत संस्थाका अध्यक्ष कृष्ण गिरीले एकिकरणको आवश्यकता पहिचानबारे, कार्यकारी प्रमुख सुमनविक्रम थापाले एकिकरणको सर्त र कार्यविधि तथा उपाध्यक्ष बासुदेव घिमिरेले संस्था एकिकृत हुनुअघि र पछिको वित्तीय अबस्थाको प्रतिवेदन पेश गरेका थिए । तीन वटै प्रस्थाव विशेष साधारणसभाले पारित गरेको कार्यकारी प्रमुख थापाले जानकारी दिए ।
एकिकृत संस्थाको चुक्ता पूँजी १ करोेड ६६ लाख ७८ हजार रुपैयाँ, बचत ६ करोड २१ लाख ५० हजार, कर्जा लगानी ८ कराड ८३ लाख ९० हजार रुपैयाँ पुगेका छन् । दुवै संस्थाको गरी सेयर धनी संख्या ८ सय ९१ पुगेको छ । एकिकरणपश्चात दुवैं सस्थाको कुल पूँजी १० करोड ७५ लाख पुगेको कार्यकारी प्रमुख थापाले जानकारी दिए ।
एकिकरणपश्चात हिलटप जुनारले बचत तथा ऋणको कारोबारको अलावा कृषि तथा उत्पादनमूलक ब्यवसायका माध्यमबाट संस्थामा सदस्यहरुलाई रोजगारी सिर्जना गर्ने नीति लिने जनाएको छ ।