बैतडी- ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समिति होइन सहयोग समिति बनाएर अघि बढ्न स्थानीय जनतालाई अनुरोध गरेका छन् ।
“ऊर्जा मन्त्रालयले नेपालको पानी, जनताको लगानी कार्यक्रम ल्याएको छ, स्थानीय जनतालाई शेयर लगानीमा पहिलो प्राथमिकता दिइन्छ, त्यसैले अब जलविद्युत आयोजनाहरुमा तपाईहरुले संघर्षको सट्टा सहयोगको अभियान चलाउनु पर्छ” मन्त्री शर्माले भने, “जलाशययुक्त आयोजनास्थलबाट विस्थापित जनताको लागि सुविधासम्पन्न आवास योजना सरकारले ल्याउँछ, मन दुखाउनु पर्दैन ।”
उनले डोटी, बैतडी र डडेलधुराको सीमानामा बन्न लागेको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना सम्पन्न भयो भने आसपासका मात्र होइन सिंगो सुदुरपश्चिमका जनता सम्पन्न हुने धारणा राख्नुभयो ।
यस आयोजनाको काम अब चाँडै शुरु गरिने बताए ।
मन्त्री शर्माले अब देशभर लोडसेडिङ हटाउने तयारी भइरहेको बताउदै गराउदै तीन बर्षभित्र देशभर बिद्युतीकरणको आधारभूत काम सम्पन्न गर्नेगरी मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए ।