काठमाडौं, २८ माघ । ठमेलस्थित अस्कल कलेजमा शुक्रबार विद्यार्थी भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारी र अखिलबीच झडप भएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले एमाले अखिलले क्याम्पसमा भर्ना मिति हुँदाहुँदै विद्यार्थी भर्नालाई रोकेपछि विवाद उत्पन्न भएको बताएका छन् ।
यता एमाले समर्थित विद्यार्थीहरुले भने विद्यार्थी भर्ना मिति २७ गतेसम्म तोकिएकोमा कलेजले पुर्व सुचना बीना आफुखुसी भर्ना मिति बढाएर बिहीबारसम्म भर्ना लिए पछि झडपको स्थिति श्रृजना भएको दावी गरेको छ ।