काठमाडौं – अब बैंकहरुले गाडी, घरजग्गा र शेयर धितोमा कर्जा प्रवाह नगर्ने भएका छन् । तरलता अभावको कारण देखाउँदै बैंकहरुले गाडी, घरजग्गा र शेयर धितोमा कर्जा लगानी नगर्ने भएका हुन् ।
छलफलमा गभर्नर नेपालले तरलता अभावको अवस्थालाई सामान्य पार्ने प्रयास भईरहेको र आफुले बैंकरहरुलाई आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएको जानकारी गराएका थिए ।