चितवन, २७ माघ । चितवन आजबाट लोडसेडिङमुक्त भएको छ । काठमाडौं उपत्यका र पोखरापछि यो जिल्ला लोडसेडिङमुक्त घोषणा गरिएको हो ।
प्रधानमन्त्रीको घोषणा पुरा नभएपछि जिल्लामा उनको बोलीको ठेगान नभएको भन्दै हाँसीमजाकको विषय बनाइरहेका बेला आजबाट चितवन लोडसेडिङमुक्त भएको हो ।