बर्दिया २७ माघ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले सत्तामा रहेका दलहरुले नै निर्वाचन नचाहेको आरोप लगाउनु भएको छ ।
अहिले सत्तामा रहेका दलहरुको पछिल्लो क्रियाकलापले उनिहरुले नै निर्वाचन नचाहेको आरोप लगाउदै गौतमले नेकपा एमाले चुनावमा जान तयारी अवस्थामा रहेको समेत जानकारी गराउनु भयो ।
साथै उहाले ५ नम्वर प्रदेश टुक्यार्काउनुको कारण मधेस वादि दलहरुलाइ खुसी पार्नका लागी गरिएको आरोप लगाउदै गौतमले यो राष्ट्रहित विपरित भएको टिप्पनि गर्नु भयो ।