बाँके, २७ माघ । विद्युतीकरण हुन नसकेको बाँकेको बघौडा क्षेत्रका करिब चारसय घरलाई सोलार वितरण गरिएको छ।
सोलारबाट बत्ती बल्ने भएपछि स्थानीयवासी हर्षित छन्। यसअघि त्यहाँका बासिन्दा टुकी बाल्दै आएका थिए। १२ हजार मूल्य पर्ने सोलारमा १० हजार अनुदान दिएर स्थानीयवासीले दुई हजार रुपैयाँ तिरेपछि सोलार उपलब्ध गराइएको हो।
बघौडाका नरैनापुर, लक्षमणपुर, गङ्गापुर, मटेहिया, कालाफाँटा र गङ्गापुरका करिब १० हजार घरमा सोलार जडान गरिने जिविसका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले बताए। रासस