मोरङ, २७ माघ । मोरङमा एक जनाले श्रीमतीको हत्या गरी आफूले विष खाएर हात्महत्या गर्ने प्रयास गरेका छन् ।
वसुला प्रहारबाट गम्भीर घाइते भएकी शान्ताको उपचारको क्रममा हिजो दिउँसो रङगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
श्रीमतीको हत्या गरेपछि लगतै श्रीमान उदयले पनि विष सेवन गरेका थिए । उनको अहिले कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
