नेकापा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दिनअघि माइतीघर मण्डलामा फहराएको १० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा कता गाएब भएकोछ । अहिले झण्डा फहराउने ठाउँमा झण्डा फहराउनको लागि प्रयोग भएको डण्डीमात्रै रहेको छ ।
च्यातिएपछि नयाँ राख्ने गरी झण्डा हिजो त्यहाँबाट हटाइएको युवा समाजकी प्रवक्ता रेखा शाहले बताइन । सोहि स्थानमा शुक्रबार पुन झण्डा फहराइने उनले बताइन् । तस्वीर : रातोपाटीबाट