गोविन्द खड्का
घोराही, २६ माघ । सबैतिर देखिने, धेरै बाट चिनिने र अरुकाममा अगुवाई गर्नेहरु सरसफाइमा भने आलोचित हुन थालेका छन् । टोल परिचालन गर्न नसक्ने अगुवाहरुले फोहरीको विल्ला पहिरीनु परेको धेरै सर्बसाधारण बताउ छन् ।
थोरै बाहेक कल्पुधरमशाला घोराहीको सर्टरमा पसल तथा व्यवसाय गर्नेहरु संग डस्टिविन भेटिन्न । तिनिहरुले सा“झ पसल बन्द गर्दा भित्रको फोहर बढारेर बाहिर फाल्छन् । बिहान सम्म छितरीएर प्लाष्टिक र गत्ताको सोत्तर बनेको हुन्छ । खेरखार पारेर नगरपालिकाका सरसफाइ कर्मचारीले उठाउछन् ।
त्यस संगै नेपाल बैंक देखि दामोदर चोक सम्मका सबैजसो पसल तथा होटलको फोहर र कचेरा सडकै भरी हुन्छ । घर अगाडिको सुन्दर कलस जस्तै फोहरका थुप्रा बसालिएको देखिन्छ । त्यो असभ्यता सबैले गर्दा यस्तै हो भन्नेमा बदलिएको छ । नगरपालिकाले आफ्नै भवनमा हेर्दैन अरुको के मतलब भन्ने तर्क गर्नेहरु पनि छन् । फोहरी बनेर त्यसले गर्न मिल्ने मैले गरेर के विराए भन्नु बुद्धिमानी होईन ।
वरपरको वातावरणमा परिवर्तन नआएको दृश्यले आफुलाई पनि असहज बनाएको राप्ती अञ्चल टक व्यवसायी समितिका अध्यक्ष यादव शाहले बताउनुभयो । केहिको संस्थापक र केहिको जिम्मेवार भएर विभिन्न संघ संस्थामा काम गर्नुहुने शाहले आफु बसेको क्षेत्र खिसि टिउरी गर्नलाईक हुनु नपर्ने वताउनुभयो । सिद्धपालु सप्लायर्सका सञ्चालक शाहले सबै संग छलफल गरेर सुधार्ने बचन दिनुभयो ।
यसो त दाङ उद्योग वाणिज्य संघले अघिल्लो बर्ष हराभरा सफा दाङ अभियान थालेको थियो । संघका अध्यक्ष हेमराज बञ्जाडेको नेतृत्वमा तुलसीपुर चोकमा उद्घाटन गरेर दामोदर चोकहुदै शहिद गेटसम्म बढारेको हो । त्यहि समितिका कोषाध्यक्ष मञ्जु बज्राचार्य पनि स्थानिय वासिन्दा हुनुहुन्छ । आफ्नै संघले घोषणाा गरेको अभियान व्यवहारमा नउतारेको पसल बाहिरका पोकाहरुले पुष्टि गर्छन् । यस विषयमा बुझ्न खोज्दा बज्राचार्यको फोन सम्पर्क हुन सकेन ।
कल्पु धर्मशालाको बारेमा कुनै पनि जानकारी नभएको नगरपालिकाले बताएको छ । छुटै समिति बनाएर जिम्मेवारी दिएकोले त्यहाको कमाई, लगानी, त्यहाका सर्टरले उठाउने भाडा कुनै पनी जानकारी नभएको सुचना अधिकारी प्रेम केसिले जानकारी दिनुभयो । भर्खरै सरुवा भएर आउनुभएका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटालाई कल्पुधरमशाला नगरपालिकाको हो भन्ने पनि थाह छैन ।
‘भर्खरै सोधेर सबैकुरा बुझ्छु’ अधिकृत सापकोटाले फोन सम्पर्कमा भन्नुभयो ‘तुरुन्तै पहल हुन्छ । सबैले साथ दिनुप¥यो । उहाले लाखौको कारोवार गर्ने, तिन चार तलाको घर बनाउनेले एउटा डस्टिविनमा फोहर संकलन गर्न दुख मान्न नहुने बताउनुभयो । सचेत एवं समाजका अगुवाले जिम्मेवारी लिनुभएको छ । अगुवाको पहल बाट डस्टिविन सहितका पसल र सडकमा कचेरा नभएको सुन्दरता हुनेनहुने व्यवहार भने हेर्न वाकि छ ।