Indrenionline.com

जनवादी गणतन्त्र चीनमा जे देखियो

sarita-shrestha
                             सरिता श्रेष्ठ

नयाँ ठाँउ, नयाँ परिवेशसँग घुलमिल हुन जो कसैलाई पनि उत्सुकता जाग्ने गर्छ । यहि अवसर मिल्यो चीनको भ्रमण गर्ने । र लाग्यौँ १० जनाको टोली चीनको बेइजिङ तर्फ । टोलीमा थियौँ किशोर श्रेष्ठ, किशोर कार्की, मात्रिका पौडेल, अरुण बराल, दयानिधि भट्ट, शरद अधिकारी, भुषण यादव, बसन्त गिरी, शुभेच्छा बिन्दु अनि म सरिता श्रेष्ठ । कुनै औपचारिक कार्यक्रम नभएपनि ८ दिनको चिन यात्रामा घुमफिरले धेरै पाठ सिकायो ।

यात्रा बैशाख २९ गतेदेखि जेठ ४ गतेसम्मको थियो । सोहि अनुरुप हाम्रो टोलीको यात्रा सुरु भयो । हामी एयर चाइनाको उडानमार्फत काठमाडौँबाट बेइजिङ लाग्यौँ । पहिलो पटक चीनको यात्रामा यसमाथि पहिलो पटक प्लेनको यात्रा, रेलयात्रा अनि पानी जहाज यी सबै कुरा मेरा लागि पहिलो थियो । मनमा कल्पना नगरेका कुराहरु, दृश्यहरु यात्राका क्रममा मैले पाए । कसै कतै मार्फत सुनेको र पढेका कुराहरु आज मैले प्रत्यक्ष देखे । खासगरी तीब्र गतिमा भएको चीनको विकासले धेरै पाठ सिकाएको छ ।

दुई ठूला देशका बीचमा बस्ने नेपालीहरूका लागि भौगोलिक सुगमताले भारत पानी पँधेरोजस्तै भएको छ । हिमाली पर्खाल र तिब्बतको विकट यातायातले अहिलेसम्म पनि बहुसंख्यक नेपालीका लागि चीन एकादेशको कथाजस्तै छ । हजार वर्षदेखि नेपाली व्यापारीहरूले तिब्बतमा व्यवसाय गर्दै आएका छन् । हिमाली क्षेत्रका बासिन्दा अनेकौँ नाका पार गरी तिब्बत आउने –जाने गर्छन् तर सिंगो चीनबारे हाम्रो जानकारी ज्यादै पातलो छ । जो कला, संस्कृति, इतिहास र आर्थिक व्यवसायमा रुचि राख्छन् उनीहरुका लागि चीन धेरै पहिलेदेखि नै आकर्षणको विषय थियोे ।

तिब्बतबाट दलाई लामा भागेपछि, माओको सांस्कृतिक क्रान्तिको आँधी चलेपछि र तिब्बतमा रेल आएपछि तिब्बतको मानसिक र आर्थिक स्थितिले कस्तो रूप लिएको होला रु सांस्कृतिक क्रान्तिका दिनहरूलाई सिंगो चीनका जनता कसरी सम्झँदा होलान् रु चीनमा कम्युनिस्ट पार्टीका अतिरिक्त केही ससाना पार्टीहरू भए पनि औपचरिक रूपमा प्रतिस्पर्धी बहुदलीय व्यवस्था नभएकाले त्यसप्रति उनीहरूको जिज्ञासा, आकर्षण, विकर्षण कस्तो होला रु आर्थिक नीति र व्यापक विकासप्रति त्यहाँका जनताका धारणा के कस्ता होलान् रु लगायतका अनेकौँ प्रश्नहरु मेरो मनमा उब्जिएको थियो । मेरा अगाडि तेस्रीएको यस्ता प्रश्नहरुको उत्तर जान्न म तल्लिन थिए ।

चीन यात्राको पहिलो दिन प्लेनको यात्रामा नै गएपनि भोलिपल्ट बिहानबाट हाम्रो यात्रा निरन्तर सुरु भयो । सुरुमा हेवन मन्दिरमा गयौँ, शिरशिर हावासँगै परेका पानीले छुट्टै आनन्दको अनुभूति गराएको थियो । सबैले सेल्फिस्टिक किन्यौँ आफै आफै फोटो खिच्न व्यस्त भयौँ ।

यात्राका क्रममा ग्रेटवालको पनि अवलोकन गर्ने मौका मिल्यो । ग्रेटवाल चढ्दा जति माथि गयो त्यति आनन्द, विभिन्न देशबाट घुम्न आएका मानिसहरु देख्दा खुसीका साथै मनमा दग छाएको थियो । माओ फरक विचारबारे चर्चा निकै चलेको भएपनि आफू त्यस ठाँउमा प्रत्यक्ष रुपमा अडिन पाउदा मनमा उमङग नछाउने कुरै भएन ।

त्यहाँको एक म्युजियमको अवलोकन गर्न पाउदा खुसीको अनुभव भयो । २२ सय वर्ष पुराना दरबार, पर्खाल कलाकृति र चार हजार वर्षअघिदेखिका विभिन्न अभिलेख र सांस्कृतिक वस्तु पूरै सुरक्षित रूपमा भेटिन्छन् । सांस्कृतिक र ऐतिहासिक सम्पदाको सुरक्षा र संरक्षणमा सम्भवतः चीनलाई अरू कुनै मुलुकले भेटाउन सक्तैन ।

मैले नजिकबाट नियालेर हेर्दा चीनको बेइजिङ सहर विश्वका सबभन्दा आधुनिक र सुन्दर दखे । चीनका सबै प्रान्तहरूमा विकास र प्रगतिको तीव्र होड देखिन्छ । सबै प्रान्तलाई नियाल्ने अवसर नपाएपनि जुन ठाँउमा घुमियो त्यसले चीनको विकासमा तीब्रता देखाएको छर्लङग भेटियो । पर्यावरण सुधार र हरयिाली विकासको क्षेत्रमा चीनले गरिरहेको अद्वितीय प्रगतिबाट म सबभन्दा बढी प्रभावित भएँ । हरेक सडक, घरवरिपरि हरियाली देख्न पाइने । यहाँ आकाश छुने घर निमार्णको होडवाजी छ । फुसका छाप्रामा बस्ने चिनियाँहरू कहीँ देखिँदैनन् । सबका आ–आफ्ना सुन्दर घर छन् या मजदुर, किसान र कर्मचारीहरू पनि पचासौँ तले घरका फ्याटमा बस्छन् । त्यहाँका सडकहरु कति फराकिलो, सडकमा ट्राफिक पुलिसको आवश्यकता देखिन्न, सबैजना नियममा चलिरहेका छन् ।

केहि वर्ष अगाडि सुनेको थिए । चीन पनि नेपाल जस्तै अविकसित देश । अर्धमरभूमि, विकट तर अर्धमरुभूमि स्थिति अहिले सघन हरयिालीभित्र ढाकिरहेको छ । चीनमा पेट्रोलबाट चल्ने मोटरसाइकल कहीँ देखिएन । साइकल र ब्याट्री चार्ज गरी चढ्ने मोटरसाइकलले कतै धूलो–धुवाँको मुख पनि देख्न पाएनौँ ।

प्रतिकूल हावापानी, भौगोलिक विकटता तथा भाषिक कठिनाईका बावजुद् नेपाली दुतावासका कर्मचारीहरुले कार्यसम्पादनमा तल्लिनता र सक्रियताका साथ नेपाल र नेपालीको हितमा गरेका प्रयास आंफैमा सराहनीय छन् । त्यहाँका राजदुतहरुले गरेको सम्मानका लागि ऋणि छु ।

मैले देख्दा त्यहाँ बाहिरी भूमि भन्दा पनि जमिन भित्रको भूमिलाई बण् िप्रयोग गरेको देखे चट्टानबाट निर्मित पहाडभित्रबाट सुरुङ्ग निर्माण गरि यातायात सेवा संचालन गरेको देख्दा चीनले आधुनिक प्रविधिको प्रयोगमार्फत विकास प्रक्रियालाई आत्मसात गरेको पाएँ ।

हाम्रो मुलुकमा उपलब्ध अपार जलसम्पदाबाट जलविद्युत उत्पादन गर्ने र यसरी उत्पादित विद्युतलाई छिमेकी मुलुकतर्फ निकासी गर्न सकेमा नेपाल र नेपालीको भाग्य र भविष्य फेर्न त्यती धेरै समय लाग्ला जस्तो लाग्दैन । खाँचो छ, दृढ इच्छाशक्ति सहितको राजनीतक नेतृत्वको खाँचो छ, देश र जनताप्रति जवाफदेही र जिम्मेवार सरकार र सरकारी संयन्त्रको खाँचो छ देशको मुहार फेर्नसक्ने विकास प्राथमिकताको । अनि खाँचो छ प्रभावकारी कार्यान्वयनको ।

चीनका हरेक विकासले नेपालसँग घनिष्ट सम्बन्ध राख्दछ । चीनको विकास र सामाजिक सुधारबाट नेपालले पनि शिक्षा र अनुभव प्राप्त गर्न सक्छ । त्यहाँको शान्ति, स्थिरता र सामाजिक सदभावबाट नेपालले पनि शान्ति, स्थिरता र सामाजिक सदभाव ग्रहण गर्न सक्छ ।

हामी नेपालीलाई पनि पर्याप्त रुपमा परमात्मा र प्रकृतिको पर्याप्त बरदान उपलब्ध गराएको छ । तर पनि त्यसको बाबजुद हाम्रो भाग्य र भविष्यलाई समुन्नत बनाउन कसले र के ले ठगेको होला रु भौगोलिक विकटता तथा अशिक्षा,ं गरिबी र पछौटेपनको चपेटामा गुज्रन बाध्य नेपालीहरुले चीनले गरेको तीव्र विकासलाई नजिकबाट नियल्नै पर्छ । आर्थिक विकासका दृष्टिले हामी गरिबी र पछौटेपनबाट मुक्त हुन नसक्नुका कारण पहिचान गरी उन्नत भविष्यको मार्गचित्र कोर्न हामीले अब कति पनि ढिला गर्न हुंदैन । अन्यथा भावी सन्ततिले हामीलाई धिक्कार्ने छन् । अन्यमा यस्तो सुनौलो अवसर जुटाइदिनु हुने सबैप्रति हार्दिक कृतज्ञा छु ।