काठमाडौं, २५ माघ । कतारमा चार महिनादेखि अलपत्र परेका २२ नेपाली कामदारलाई उद्धार गर्न हवाइ टिकट पठाइको इभ नेपाल ओभरसिजले बताएको छ। ८ महिना अघि नेपाली कामदारहरु इभ नेपाल ओभरसिजमार्फतनै कतार पुगेका थिए। उनीहरु कार्यरत वर्करियल स्टेस कम्पनीमा सञ्चालक दुई महिनादेखि सम्पर्कविहीन भएपछि उनीहरु अलपत्र परेका हुन्।
ओभरसिजका सञ्चालक सन्तोष श्रेष्ठका अनुसार अलपत्र परेका २२ जना नेपालीमध्ये १६ जना मात्र आफूले पठाएको बताए। उनले भने, ‘हामीले १६ जनाको लागि हवाइ टिकट पठाइ सकेका छौं। उहाँहरु केही दिनमै नेपाल आइपुग्नु हुनेछ।’ उनले काम गर्ने कम्पनी राम्रो ठानेर पठाएको दाबी गरे। साथै उनले अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न दूतावाससँग परामर्श भइरहेको समेत बताए।
त्यसैगरी सर्लाहीका सदाम हुसेन र सप्तरीका सुरेशकुमार चौधरी चितवनका कृष्ण प्रसाद ढकाल, बुटवलका रवि खत्री, रुपन्देहीका हरिनारायण थारू र सफिक महमद फगिर, नवलपरासीका राजेश, महोत्तरीका नसोम, कैलालीका नारायण चौधरी, सुनसरीका प्रेम प्रकाश चौधरी, ताप्लेजुङका फुर्वा शेर्पा, दाङका यज्ञबहादुर केसी रहेका छन्।