काठमाडौं, २५ माघ । दशौं संस्करणको ‘मिस तामाङ २०१७’ को उपाधि काठमाडौंका पिंकी घिसिङले हात पारेकी छन् । २८५३ औँ ज्या सोनामल्होछारको अवसरमा एभरेष्ट फेशनहोम र नेपालतामाङ कला संस्कृति केन्द्रको संयुक्त आयोजनामा भएको थियो । ३४ जना प्रतियोगीहरुलाई पछि पार्दै घिसिङले यस बर्षको ताज हात पार्न सफल भएकी हुन् ।
त्यसैगरी मिस फोटोजेनिक आस्मा मोक्तान, मिस भर्स ट्यालेन्ट श्रीयम थिङ, मिस ब्यूटीफूल गंगा पाख्रिन, मिस अनलाइन सरला ब्लोन, बेष्ट पर्सनालिटी नविना लामा योञ्जन, मस्ट डिसिप्लिन आस्ना स्याङ्दान र बेष्ट हेयरमा कुमारी बज्युले जितेका छन् ।