पाल्पा, २५ माघ । पाल्पाको दोभानमा भएको जीप दुर्घटनामा एकै गाउँका चार जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।
दुर्घटनामा परि दोभान–२ का ४९ वर्षका हरि राना, ३० वर्षका मिनबहादुर थापा, ४१ वर्षका जसवीर वाकावल र २६ वर्षका यमबहादुर रानाको ज्यान गएको हो ।
घाइते १६ जनाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । जीप सडक बाट झण्डै १५० मिटर तल खसेको स्थानियले बताएका छन् ।