घोराही, २४ माघ । नेपाल प्रेस युनियन दाङ महिला विभागले दाङका सञ्चार माध्यमहरुलाइ महिलामैत्री वतावरण वनाउन आग्रह गरेको छ । सोमवार घोराहीमा भएको एक कार्यक्रममा नेपाल प्रेस युुनियन महिला विभागको भेलाले १० बुँदे घोषणा पत्र जारी गर्दै सञ्चार माध्यमहरुलाइ महिलामैत्री वतावरण वनाउन आग्रह गरेको हो । कार्य समय निर्धारण गर्दा पत्रकार महिलाको अनुकुलता तथा स्वास्थ्यलाई विशेष ख्यालगर्नु गर्नुपर्ने तथा कार्यकक्षमा बोलीने भाषा/ शब्द महिलालाई सम्मान गर्ने खालको हुनु पर्न घोषणा पत्रमा उल्लेख छ ।
कामको जिम्मेवारी दिदा महिलालाई पनि पुरुष सरह समान रुपले दिइनु पर्ने उल्लेख गरेको युनियन महिला विभागले रिर्पोटिङमा पत्रकार महिलालाई पनि पठाएर क्षमता विकासको अवसर दिनु पर्ने माग गरेको छ । साथै उनीहरुकालागी स्रोत साधनको पनि उचित प्रबन्ध गरिनु पर्ने उल्लेख छ । कार्यकक्ष लैङ्गिक हिंशा मुक्त हुनु पर्ने उल्लेख गर्दै पत्रकार महिला माथि हुने हिंशाको उजुरी गर्न सकिने गरि सवै सञ्चार माध्यममागुनासो पेटिका राखिनु पर्ने जनाएको छ । हिंशा गर्ने लाई कारबाहिगर्ने पद्धतिको बसाल्नु पर्ने उल्लेख गर्दै समानकामको समानज्याला को निति अबलम्बनगर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक उपलब्ध गराईनु पर्ने माग राखेको छ । सुत्केरी महिला पत्रकारका बालबालिकाको हेरचाह गर्ने व्यवस्था गरिनु पर्ने उल्लेख गर्दै युनियन महिला विभागले पत्रकार महिलाका लागि अलग शौचालयको व्यवस्था गरिनु पर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।
कार्यक्रमका विशीष्ट अतीथी नेपाल प्रेस युनीयनका सल्लाहाकार विपुल पोख्रेलले पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि योजनाबद्ध रुपमा युनियन लागिरहेको भन्दै युनियनलाई आफ्नो घर सम्झन आग्रह गर्नुभयो । सांगठनिक गतिविधी सन्चालनका क्रममा स्वाभाविकै रुपमा कमजोरी हुनुलाई सामन्य रुपमा लिन आग्रह गर्दै उहाँले यस्ता सुझाव र सल्लाहकै आधारमा संगठन अगाडी बढ्ने वताउनु भयो ।
कार्यक्रममा प्रेसयुनीयनका केन्द्रिय सदस्य एवं राप्ती अञ्चल संयोजक के पि घिमीरे, केन्द्रिय सदस्य शुलोचना गौतम, अञ्चल सचीव लीला शाह, सल्लाहकार सुदिप गौतम, नेपाल प्रेस युनीयनका केन्द्रिय पार्षद सन्तोष सुवेदी, नेपाल प्रेस युनीयनका जिल्ला सचीव देवेन्द्र बस्नेत, युनियनका पूर्व केन्द्रीय सदस्य सन्ध्या रेग्मी, सदस्य आर के सितल, पार्वती वस्नेत, निरला गैरे, रोशनी मल्ल, मनु मगर, सपना बोहरा, विमला घर्ति, देवि भण्डारी, अञ्जना चौधरी, यमकला भुषाल, कल्पना भुषाल, रेणु डिसी, अमिता चौधरी, कल्पना विष्ट, सविता चौधरी लगाएतले आ आफनो विचार राख्नु भएको थियो । नेपाल प्रेस युनीयन महीला विभाग प्रमुख वसुन्धरा गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नेपाल प्रेस युनियन दाङका कार्यसमिति सदस्य सर्मीला डिसीले गर्नुभएको थियो ।