Indrenionline.com

डिजिटल प्रेस क्लिपिङ सेवासम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं  डिजिटल प्रेस क्लिपीङ सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विकासको रणनीति केन्द्रमुखी रहेको, मिडियामा सर्वसाधरणको पहुँच रहेको धारणा राख्दै राजनेतालाई सकारात्मक आलोचनाबाट सुधारोन्मुख बनाउनुपर्नेमा जोड दिनुभयो । डिजिटल नेपालको विकासबाट समाजलाई परिवर्तन गर्न सकिने हुँदा आफूले त्यसतर्फ ध्यानकेन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले उपराष्ट्रपति नन्दबहादुर पुनले पठाउनुभएको शुभकामना सन्देश बाचन गर्नुको साथै डिजिटल प्रेस क्लिपीङ्को औचित्य र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।

शिक्षामन्त्री धनिराम पौडेल, युवा तथा खेलकुदमन्त्री दलजीत शेरपाइलीले नेपालको मिडियालाई डिजिटलाइजेशनबाट सुशासनको प्रत्याभूत गर्दै सर्वाङ्गिन बिकासमा बल पुग्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले सवै खालका अनलाइन, युट्यूब, अनलाइन टिभी लगायतको मिडियाको हब बनेको नारकोसी डटकमले जबाफदेही बन्दै गौरव गर्ने दिन आउनुपर्ने धारणा राख्नुभएको थियो ।

कलाकार जितु नेपाल र मनोज गजुरेलले सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गर्दै सामाजिक सञ्जाल, मिडियाको विकृति र विसंगतीको बिषयमा तिखो ब्यङ्ग्य प्रहार गर्नुहुँदै पत्रकारले पनि सार्थक समाचारको खोजी गर्न आग्रह गर्नुभयो ।

बुनेसा इन्टरनेशनलका सिईओ शर्माले डिजिटल प्रेस क्लिपीङ् सेवाको बारेमा स्पष्ठ पार्नुभई संसारभरी रहेका ५०० बढी नेपाली अनलाइनलाई नारकोसी डटकमबाट आफूले चाहेको भौगोलिक र बिषयगत आधारमा समाचारहरु हेर्न सकिने बताउनुभयो । अनलाइन तथा युट्युब च्यानेलबाट पोष्ट गरेका सामग्रीहरु पनि नारकोसी डटकमबाट हेर्न सकिने हुँदा समयको बचत हुने उहाँको धारणा थियो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र बुनेसा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले डिजिटल प्रेस क्लिपीङ् सेवा सञ्चालनसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार काउन्सिलले सो सेवाको सञ्चालन गर्ने र ग्राहक बनाएबापत केही सेवाशूल्क बुनेसालाई दिने उल्लेख छ ।

प्रेस काउन्सिल नेपाल प्रेस क्लिपीङ् सेवा उपसमिति संयोजक गोविन्द प्रसाद चौलागाईँले सहभागीलाई धन्यवाद दिनुभयो । कलाकार दिनेश डिसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । अनलाइनमा प्रकाशित विषयवस्तुलाई भौगोलिक तथा बिषयगत आधारमा एकै क्लिपमा संकलन गरी सेवाग्राहीको माग बमोजिम डिजिटल कपी नियमित वितरण गर्न सकिने बताईएको छ ।

रिपोटर / तस्विर :  महेन्द्रराज सिंह