नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट गत शुक्रबार एक नाबालक शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार आशादेवी पासवानको नवजात शिशु जन्मिएको दुई घण्टामै चोरी भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो।
लालासा देवीले आफ्नो बिहे गरेको पाँच वर्षसम्म पनि बच्चा नजन्मिएकाले अस्पतालबाट बच्चा चोर्ने योजना बनाएर त्यही अनुसार बच्चा चोरेर माइती घर लिएर गएको प्रहरीसमक्ष बताएकी छिन्। बच्चा चोरीको घटनामा अन्य कसैको संलग्नता नरहेको प्रहरीले जनाएको छ।
स्वास्थ्य खबरबाट