आइतबार प्रधानमन्त्री केपी शर्मा ओली फुटबल जर्सी लगाएर दशरथ रंगशालामा उत्रिए । र, निकै फूर्तिका साथ खेले पनि । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । जसमा प्रधानमन्त्री ओली स्वयंम मैदान उत्रिए ।
उनको टीममा मन्त्रीहरु थिए भने मुख्य सचिव ११ को टीममा सचिवहरु थिए । खेलमा प्रधानमन्त्रीको टोलीबाट कानुनमन्त्री अग्नि खरेल र श्रममन्त्री दीपक बोहोराले एक एक गोल गरे । तर, प्रधानमन्त्रीको टोली हारेको छ । मुख्य सचिवको टोलीले ३-२ गोल अन्तरले जित हात पारेको छ ।