दाङ १६ जेठ। देउखुरीको कालाकाटेमा जीप र वस एक आपसमा ठोकिदा दुई जना गम्भीर घाईते भएका छन भने एक बच्चा सहित ५ जना सामान्य घाईते भएकाछन् । पश्चिमबाट पूर्व तफ जाँदै गरेको लु १ ख ३१११ नम्बरको यात्रु बाहक बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको जीपसाँझ करिब साढे ५ बजे एक आपसमा थोकिदा जीप चालक सिसहनियाँ ५ निवासी बर्ष ४० का हरि चौधरी र जीपमा सवार लालमटिया ३ पुल्चोक निवासी बर्ष ४२ की लक्ष्मी पोखे्रल गम्भिर घाईते भएको अस्थाई ट्राफिक पोष्ट भालुवाङ्गका प्रहरी सहायक निरिक्षक अम्मर थापाले जानकारी दिए । घाईते दुबैलाई थप उपचारका लागि बुटवल पठाईएको छ ।