जुम्ला, २० माघ । बृद्ध भइसकेका आमा बुवालाई स्याहार र पालनपोषण गर्नु एउटा छोराको कतव्र्य हो । तर यहाँ एक जनाले ५० नाघिसकेका बृद्धा आमा बुबालाई ढुंगाले थिचेर हत्या गरेको रहस्य खुलेको छ ।
घटनास्थल सदरमुकामबाट सात घन्टाको दूरीमा रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ । छोराको मानसिक अवस्था ठीक नभएकाले आमाबाबुको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।