दिपक माध्यमिक बिधालयमा साँस्कृतिक कार्यक्रम सम्पन्न
rekha magar
संजय कुशवाहा
नवलपरासी जिल्लाको पक्लिहवा गाविस को श्री दिपक माध्यमिक बिधालय मा पुरस्कार वितरण एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
श्री दिपक माध्यमिक बिधालय को आयोजनामा वसन्त पच्चमीको पावन अवसरमा आयोजित माता सरवस्तीको पुजा नोत्सव तथा पुरस्कार वितरण एवम् साँस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न।२ का पुर्व सभासद महेन्द्र जेसी को प्रमुख अथित्यता तथा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश जैसवाल को अध्यक्षता रहेको थियो ।विशिष्ट अथिती नेपाली काग्रेस क्षेत्र न. ६ का सभासद देवकरण प्रसाद कलवार,नेपाली काग्रेस क्षेत्र ५ का सभासद विक्रम खनाल ,नेपाली काग्रेस क्षेत्र न।६ का सभापति मुकुल अचार्य, शिव सेना का जिल्ला अध्यक्ष राजेश कुशवाहा ,संजय कुशवाहा ,राजु अधिकारी ,गविस सचिव विष्णु प्रसाद ढकाल लगायतहरूको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा २०७२ सालमा उतिर्ण गरेका कक्षा १ देखि कक्षा ९ सम्मका बिध्याथीहरूलाई सन्तावना पुरस्कार वितरण गरिएको थियो ।