बिष्णुकुमार देवकोटा
माघ १९,दाङ । साहित्यकार साजिदा सिद्धिकिको बहुप्रतिक्षित साहित्यिक कृति “मनसुन लभ” बजारमा आएको छ । साहित्यानुरागी युवा बर्ग लक्षित औपन्यासिक कृति मनसुन लभ सुरुवातमै अत्यधिक रुचाईएको छ ।
प्रथम संस्करण दुई हजार प्रति निकालिएकोमा औपचारीक लोकार्पण अगावै करीब पाँच सय प्रति बिक्रि भईसकेको सीसा नेपालले जनाएको छ । बाल्यकाल बाटै समाजसेवा, पिछडा बर्ग, अल्पसंख्यक,मुस्लिम बर्गको शसक्तिकरणको क्षेत्रमा बिशेषज्ञता हासिल गर्नुभएकि सिद्धिकिको यो पहिलो कृति हो । सिद्धिकिको दोश्रो औपन्यासिक कृति “क्यारेक्टरलेस” प्रकासोन्मूख रहेको छ ।
प्रतिभा अफसेट प्रेस घोराहीबाट प्रकासित सिद्धिकिको् औपन्यासिक कृति को मुल्य रु.१ सय पाँच तोकिएको बजार व्यवस्थापक बालकृष्ण लामिछानेले जानकारी दिनुभयो ।