गोविन्द खड्का
घोराही, १९ माघ । तुरुन्तै नतिजा देखिने गरी सुधार गर्न घोराहीका अस्पताल र मेडिकलहरुलाई सात दिनको गृहकार्य दिएको छ । मंगलवार घोराही नगरपालिकामा भएको ‘चिकित्सा जन्य फोहर मैला व्यवस्थापनका लागि योजना’ बनाउने छलफलले चिकित्सा जन्य फोहर मैला व्यवस्थापनको नतिजा हेर्ने निष्कर्ष निकालेका हो ।
देशका पोखरा, ललितपुर उपमहानगर पालिका र तानसेन, धनकुटा र घोराही नगरपालिकामा ‘नगरजन्य फोहरमैला व्यवस्थापनका लागि प्रतिफलमा आधारित अनुदान परियोजना कार्यक्रम’ लागु भएको छ । त्यसका लागि फोहरका गुणासा संकलन गर्ने । त्यसलाई सम्बोधन गर्ने र गुणासा घट्दै गएपछिको आधारमा अनुदान थप्दै रहने कार्यक्रम रहेको बताईएको छ । एकदिन गल्ने एकदिन नगल्ने फोहर संकलन गर्न नगरपालिकाले दुईवटा गाडि र एउटा डोजर सोहि कार्यक्रम बाट खरीद गर्न लागेको शाखा अधिकृत सुवोध रेग्मीले जानकारी गराउनु भयो ।
नर्स वा चिकित्सक एवं डाक्टरले प्रयोग गरेका मेडिकल जन्य फोहर आफै फरक भाडामा फाल्नु पर्ने छ । सिरीञ्ज, प्लाष्टिकको खोल, कपास सबै गुटुमुटु पारेर फ्याक्न पाउने छैनन् । घर भाडामा लिएका, कम क्षेत्र भएका साना तथा नजिकका अस्पतालले मिलेर ईन्सीनेटर बनाई नष्ट गर्नुपर्ने छ । निडिल, ग्लोव, सिरीञ्ज जथाभावि छितरेर फाल्न कसैले पनि नपाउने प्रशिक्षकले सुझाव दिए ।
अस्पतालले संक्रमित फोहर रगत लागेको कटन, गज, सिरीञ्ज, निडिल, ¥यापर, भाईल र तिनका खोल छुट्याउनु पर्ने छ । श्रोतमै अलग गरेपछि बिसर्जन गरीएको ठाउमा सजिलो हुने छ । हातले खेलाएर फोहर वर्गिकरण गर्नेलाई खोप्ने घोच्ने र रोग सर्ने खतरा रहने छैन । अहिले सबै गजल मजल पारेर माटो पानी र हावा प्रदुशन हुन बाट जोगाउन गाहो बनाएको नगरपालिकाको भनाई थियो । ‘तपाईले अस्पताल बाट निकालेको फोहर रोगको श्रोत नबनोस्’ प्रशिक्षक रामचरित शाहले सुझाव दिनुभएको थियो, ‘घर वा अस्पताल बाट मिल्काउदैमा जिम्मेवारी सकिन्न ।’
प्लाष्टिक जन्य फोहरले क्यान्सर लाग्ने पहिचान भएको जानकारी गराईएको थियो । प्लाष्टिक बाट निश्केको धुवा मात्रै होईन खरानीले पनि थुप्रै असर गर्ने विभिन्न भिजुयल बाट स्पष्ट पारीएको थियो । प्लाष्टिक बाट निश्कने फ्यूरान र डायोक्सीनले क्यान्सर लगाएत अन्य परिवर्तन तुरुन्तै देखाएको जानकारी दिए । पारो लगाएतका रसायन जलेको खरानीले अनुहार बदल्ने, शरीरका अन्य अंगमा अश्वाभाविक असर देखाउने, सोच्ने शक्ति हराउने, गर्भको बच्चामा असर देखाउने र एक पटक वातावरण प्रदुशन गरे लामो समय रहने दिर्घायू प्रदुशन गर्ने बताए ।
निकै मेहनत गरेर घोराही नगरपालिकाले अस्पताल तथा मेडिकलहरुलाई कार्यक्रममा सहभागि गराएको थियो । बिहान साढे दश बजे सुरुहुने भनिए पनि धेरैको उपस्थिती निकैबेर ढिला भयो । महत्वपुर्ण छलफल भनेर कार्यक्रम स्थल बाटै नगरपालिकाका कर्मचारीले दबाव दिएका थिए । फोन सम्पर्कमा ‘अलि अर्जेन्ट छ है जसरी पनि आउनु होला’ भनेको सुनिन्थ्यो । कतिलाई मेडीकल बन्द गरेरै भएपनि आउनुहोस भनिरहेका थिए । उनिहरुले सुन्नेगरी मेन प्रिजेन्टेशनमा नआई भो त भनेपनि फोन सकिना साथ ‘अटेर गर्नेको फोहर नउठाउने सम्मका कुरा चलेका थिए ।
त्यसो गर्दा पनि केहि मेडिकल र अस्पताल बाट अन्तिम सम्म उपस्थिति हुन सकेन । केहि आएर तुरुन्तै फर्किए । धेरैले तल्ला स्तरका कर्मचारी पठाएर टारेका थिए । आएका जिम्मेवारहरु कार्यक्रम अबधिवर बसे । कार्यक्रममा राप्ती उपक्षेत्रीय अस्पताल लगाएत केहि निजी अस्पतालका फोहर फाल्ने स्थलको भिजुयल तथा तस्विरहरु देखाईएको थियो । सोमबार देखि अध्यन शुरु भएको र साता भरी चलिरहने प्रशिक्षक एवं विज्ञ रामचरीत शाहले जानकारी दिनुभयो ।
घोराही नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले पा“चतले घर बनाउने पचास रुपैयाको डस्टिविन राख्न लोभ मान्ने केहि नगरवासिले समस्या ल्याएको बताउनुभएको थियो । चिकित्सक, सामाजका अगुवा, संघ संस्थाका प्रमुखहरु ठुला भाषणा र प्रशिक्षण दिनेहरु नै घटिया बानी भएको टिप्पनी गर्नुभयो । नगरपालिकाको ठेककाहो जस्तो व्यवहार गरी ठुलो भवनका अगाडि पित्रीक्क फोहर खत्याउनेले अरुलाई औला नठड्याउन आग्रह गर्नुभयो । ‘आफ्नो घर, अफिस, टोल छिमेक बदलेर अरुलाई उपदेश दिन आग्रह गकर्छु’ उहाले थप्नुभयो ‘कानुन जति कडा छ हामि त्यति फितलो छौ । फोहरले दरिद्र बनाएको छ ।’ प्रशिक्षक चन्द्र प्रकाश आचार्य लगाएतले कार्यपत्र प्रस्तुत प्रस्तुत गर्नुभएको थियो । वडा सरसफाइ समितिका संयोजकहरु लगाएतको उपस्थिति थियो । सो कार्यक्रमको सहजिकरण घोराही नगरपालिकाका शाखाअधिकृत सुवोध रेग्मीले गर्नुभएको थियो ।