परासी, १९ माघ । पाल्ही बहुमुखी क्याम्पस परासीलाई पुर्व गृहराज्य मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता देवेन्द्र राज कण्डेलले पुस्तक र दराज प्रदान गर्नु भएको छ । बसन्त पंचमी तथा सरस्वती पुुजाको अवसरमा क्याम्पसमा आयोजित पुजा तथा पुस्तक वितरण कार्यक्रममा नेता कण्डेलले सोे शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।
कार्यक्रमका अध्यक्ष धिरज हलुवाई, कार्यक्रमका प्रमुख अतिथि एवं नेका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल, विशिष्ट अतिथि एवं नेका जिल्ल सभापति विष्णु लामिछाने, विशिष्ट अतिथि एवं क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठक, अतिथी एवं नेका क्षेत्र नंं ४ का क्षेत्रिय सचिव माधव शर्मा, नेविसंका जिल्ला सचिव जयराज बस्याल, ईलम प्रशिक्षण केन्द्रका अध्यक्ष बैजनाथ जयसवाल, नेविसंघका पुर्व उपाध्यक्ष दिपक क्षेत्री, नेविसंघ ईकाई उपाध्यक्ष हुसैन अंसारी, सचिव प्रकाश न्यौपाने लगायतले मन्तब्य राख्नु भएका थिए । फोटो छ ।
कार्यक्रममा प्रमुख अतिथि एवं समितिका अध्यक्ष पाठकले ३६ लाखको दुई तल्ले भवनको योजना यस विद्यालयमा पसिकेको अभिभावकहरुलाई जानकारी गराउनु भएको छ । अध्यक्ष पाठकले मधेशका सामुदायिक विद्यालयहरु मध्ये नमुना विद्यालयको रुपमा विद्यालयलाई व्यवस्थापन गरि पठन पाठन गराउदै आएको समेत जानकारी दिनु भयो । उहाँले यस विद्यालयलाई व्यस्थापन गर्न आर्थिक भौतिक, सहयोग गर्ने सम्पुर्ण सहयोगीलाई धन्यवाद समेत ज्ञापन गर्दै यस विद्यालयलाई आगामी शैक्षिक शत्रदेखि कक्षा १२ सम्मको पनि पठन पाठन सुचारु गराउने जानकारी दिनु भयो । विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गरिदै आइएको छ । यो विद्यालय पुर्ण सरसफाई, वातावरण मैत्री, र पार्क शैलीमा चलिरहेको हुँदा यस निकट भविष्यमै जिल्ला शिक्षा कार्यालयले नमुना विद्यालयको रुपमा छनौट गर्ने कार्यालयको आस्वासन रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा अतिथि एवं एभिन्युज टेलिभिजनका जिल्ला संवाददाता हुसैन अंसारी, रेडियो सुनवलका संवाददाता प्रकाश न्यौपाने, शिक्षा प्रेमी, जगदिश पाठकले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । फोटो छ ।
त्यसैगरि युनिक बेबीकेयर स्कुल परासीले पनि सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका फाउण्डर अशोक कुमार श्रेष्ठको अध्यक्षता एवं पाल्ही बहुमुखी क्याम्पसका प्रधानाध्यापक श्रवण कुश्वाहाको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सरस्वती माताको पुजा पश्चात कार्यक्रममा विद्यालयका विभिन्न स–साना बालबालिकाहरुले नाचगान प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रवण कुश्वाहा, विशिष्ठ अतिथि नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष श्रीधर बस्याल, अतिथि नेपाली कांग्रेस नगर सभापति नारायण रेग्मी, सचिव बसन्त शर्मा, रामग्राम जेसिज सभापति अनुप पाठक, सागरमाथा एकेडमीका फाउण्डर अविनाश रेग्मी, रामग्राम महिला जेसिज महासचिव रम्भा कुँवर लगायतले मन्तब्य राख्नु भएका थिए । फोटो छ ।