रुकुम, १९ माघ । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट ज्यान गएको छ । रुकुमको बाँफीकोट– १ का २४ वर्षका अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार ज्यान गएको आफन्तले जानकारी दिएका छन् ।
कोठामा दुई जनाबिच सामान्य विवाद हुँदा सल्यानका गोपाल परियारले सोमबार राति छुरा प्रहार गरेको विकले बताए । तीन वर्ष पहिले मलेसिया गएका उनका एक छोरा र एक छोरी रहेका छन् ।
उखिराको शवलाई नेपाल ल्याइदिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ ।