काठमाडौं, १८ माघ । चलचित्र छक्का पञ्जाको सफलतासँगै निर्देशक दीपाश्री निरौलाले नयाँ कार किनेकी छन् । निरौलाले रातो रंगको ‘ह्युन्डाइ आइ ट्वेन्टी एक्टिभ’ किनेकी हुन् । दीपाले किनेको यो दोस्रो कार हो ।
‘यो कार छक्का पञ्जाको टिमको उपहार हो रु’ भन्ने हाम्रो प्रश्नमा दीपाले भनिन्, ‘सबैले माया गरेर यो कार किनिदिनु भएको हो । मलाई यो रंगको कार फाप्छ भनेर नि भन्नु भएको छ ।’ दीपाले किनेको यो कारको मूल्य झण्डै ४० लाख पर्छ ।