काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायका समस्या समाधानप्रति कटिवद्ध भएर लागेको बताएका छन् ।
प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि कारवाहीका लागि छानविन प्रक्रिया अघि बढेको जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताए।
तिलक परिवारको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले लक्ष्मी परियार र अजित मिजारका हत्याराहरुमाथि कारवाही, पीडितलाई क्षतिपूर्ति, दलित विकास समिति खारेज गर्न खोजिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।