राजेश वली
दाङ , १७ माघ । श्री सरस्वती चौतारा आधारभूत बिद्यालय तुलसीपुर ९ सल्लीबन दाङको २५ औँ वार्षिकोत्सवका अवसरमा आज सोमबार विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । प्राविस्तरिय चम्चा दौड प्रतियोगितामा बालकृष्ण रेग्मी प्रथम, प्रतिमा बुढामगर द्वितीय र मिना रोका तृतीय हुनुभएको छ ।
त्यस्तै आजै भएको कुर्सी दौड प्रतियोतिमा छात्रा तर्फ भगवती महर प्रथम, कमला के.सी दितिय, योसदा पुन तृतिय हनुभएको छ भने छात्र तर्फ कुर्सी दौडमा सुरेन्द्र वली प्रथम, घनश्यम देबकोटा दितिय र कपिल डागी तृतिय हनुभएको हो ।
त्यस्तै आज हाजीरीजबाफ प्रतियोगिता पनि सम्पन्न भएको छ । जस अन्तर्गत सगरमाथा समुहका सुबास के.सी, सन्तोषी चौधरी, सुबास राना, कैलाश के.सी., खिमा के.सी प्रथम हनुभएको छ भने अन्नपुर्ण समुहका खिमराज के.सी., जीबन भन्डारी, अन्बेश बोहारा, नमुना के.सी.र भिष्मा डागी दितिय हनुभएको छ । बिद्यालयका निम्ति प्रअ बुद्धिराम काफ्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण शिक्षकदाय देबेन्द्र के.सी र टंक गैरेले गर्नुभएको थियो ।
यसका साथै भोली मङ्गलबार लोक गित प्रतियोगिता, कबिता प्रतियोगिता, हाईजम्प लगागत अन्य प्रतियोगितात्म हुने शिक्षक देबेन्द्र के.सीले जानकारी दिनुभएको छ ।