संजय कुशवाहा
नवलपरासीको बैदौली ५ मा गा वि स स्तरिय एवम् खुल्ला क्रिकेट प्रतियोगिता आज बाट शुरू भएको छ । बैदोली युवा संजाल क्लबको आयोजना तथा गा।वि।स कार्यलयको सहयोगमा गा।वि।स स्तरिय एवम् खुल्ला क्रिकेट प्रतियोगिता शुरू भएको छ ।
सो अवसरमा गा।वि।स सचिव भगवती कुर्मी ,बैदोली प्रहरी चौकी ईनचार्ज अरूण कुमार महतो ,राजेश सिंह ,ब्यास मुनि कुशवाहा ,लगाएतहरूको उपस्थिति रहेको थियो ।
आयोजकले दिएको जानकारी अनुसार गा।वि।स स्तरिय एवम् खुल्ला क्रिकेट प्रतियोगितामा करिब १६ ओटा टिमको सहभागीता रहने छ ।प्रतियोगितामा बिजई टिमलाई १५ हजार नगद ,कफ,मेडल दिने छ भने उपविजेतालाई १० हजार नगद ,सिल्ड र मेडल दिने छ ।सो प्रतियोगिता ५ दिन सम्म संचालन रहने छ ।