तुलसीपुर, १७ माघ । नेपाल संस्कृत विश्व विद्यालय शिक्षा आयोगमा लगाइएको ताला एक हप्तापछि खुलेको छ ।
माघ ११ गते स्थानीयहरुले कर्मचारी भर्ना गर्दा ३५ प्रतिसत आरक्षणको माग गर्दै तालावन्दी गरेका थिए । ताला वन्दीका कारण शिक्षा आयोगको प्रशासनिक काम प्रभावित भएको थियो ।