सिन्धली–सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ ।
भेलाले इतिहासमा एक पटक आउने २५० औं विजयोत्सवलाई भब्य बनाउन पत्रकार महासंघले सर्बपक्षीय भेला बोलाएर मुल समारोह आयोजक समिति गठन गर्ने निर्णय भएको छ ।
सिन्धुलीगढीमा बीर गोर्खाली सेनाले अंग्रेजी सेनालाई हराएको आगामी बर्ष २ सय ५० बर्ष पुग्दैछ । अभियानले त्यस अबसरमा बर्षैभर विबिध कार्यक्रम गरेर हर्षोल्लासपूर्वक मनाउने तयारी स्वरुप सिन्धुलीमाढीमा भेला गरेको हो ।