मकाठमाडौं– रामेछाप क्षेत्र नं १ बाट निर्वाचित सांसद आङटावा शेर्पाका छोरा आङनिमा शेर्पाले काठमाडौंको सीनामंगलमा दिउँसै खुकुरी आतंक मच्चाएका छन् ।
‘केही दिनअघि लेकाली बेन्ज कफीसपमा राईमाथि खुकुरी प्रहार भएको थियो’ महानगरीय प्रहरी वृत गौशलाका डिएसपी नवराज कार्कीले भने, ‘आङनिमा शेर्पाको नाममा किटानी जाहेरी दर्ता भएको छ, अभियुक्तलाई खोजिरहेका छौं ।’
डिएसपी कार्कीका अनुसार शेर्पाले खुकुरी प्रहार गर्दा राईको टाउको र बाँयातिरको पातोमा गहिरो चोट लागेको छ । रामेछापको चुचुरे–२ स्थायी घर भएका शेर्पाले यसरी दिउँसै खुकरी आतंक मच्चाएको बारे उनका बावु तथा रामेछापका क्षेत्र नं १ का सांसद आङटावा शेर्पाले आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । रातोपाटी बाट