वद्री नयाँघरे
रामेछाप, १३ माघ । पछिल्लो समयमा बैदेशिक रोजगारीमा जानेहरु कतिपयको परिवारको विचल्ली भएको छ । श्रीमान या श्रीमति वैदेशिक रोजगारीमा गएको वेलामा उसले कमाएको रकम सहित पुर्न विवाह गरेर हिड्ने प्रतिस्पर्धालाई आफनी श्रीमतीले पनि निरन्तरता दिएपछि खनियापानी–७ कटुन्जेका ३० वर्षिय दीपक थापा पनि विचल्लीमा परेका छन् ।
सात वर्षिय नावालीका छोरी र श्रीमतीलाई माइतीको जिम्मा लगाएर वैदेशिक रोजगारीका लागि दुवही पुगेपछि आफुले श्रीमती सँग विश्वासका साथ व्यवहार गरेको भए पनि श्रीमती वाट भने आफुलाई धोका भएको गुनासो दीपकले गरे । आफु वैदेशिक रोजगारीमा गएपछि माइतीको निगरानीमा काठमाडौमा वसेर उपचार गराइरहेकी श्रीमतीले टेलिफोनमा भने राम्रो व्यवहार देखाउँदै आएकि थिईन् । तर श्रीमतिले भने आफ र नावालीका छोरी दुवै संगै विश्वासघात गरेका कारण दीपकको परिवार यतिवेला घर न घाटमा पुगेको छ ।
आफुले वैदेशिक रोजगारीमा गएर कमाएर ल्याएको ५ लाख रुपैयाँ श्रीमती शुभद्राले साथमै लिएर गएकोले पनि आफुलाई थप समस्या भएको उनको भनाई रहेको छ । हरेकपलमा खबर छ । भिरपानी गाविस–५ मा माइती घर भएकी आफ्नी श्रीमती माइती घरकै उक्साहटमा पूर्नविवाह गरेको हिडेको आरोप दीपकले लगाएका छन् । मैले दुवहीवाट फर्कना साथ श्रीमतीलाई घर पठाइदिन पटक–पटक आग्रह गरे र आफै लिन पनि उनको माइती घरसम्म पुगे ।
तर माइती पक्षले अहिले छोरी उपचारको क्रममा रहेकाले घर जाने अवस्था नभएको भन्दै माइती पक्षले पनि आफुलाई फर्काइदिएका थिए । त्यही बखत श्रीमती काठमाण्डौंमा ज्यामी काम गर्दै आएका सप्तरीका मुसलमान थरका व्यक्तिसँग हिडेको जानकारी आफुलाई भएपछि आफ्नो पारिवारीक जिवननै तहस नहस हुन पुगेको गुनासो पनि दीपकले गरे ।