एस.एल.सी. प्रिन्स–२०१६ को उत्कृष्ट २५ मा दाङका सौगात जीएम छानिएका छन् । देशभरका हजारौं प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै दाङ घोराहीका सौगात घर्तीमगर उत्कृष्ट २५ मा छानिएका हुन् । एस.एल.सी. दिएर उच्चशिक्षाको तयारीमा बसेका विद्यार्थीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले सञ्चालनमा आएको एस.एल.सी. प्रिन्सको उत्कृष्ट २५ मा छानिनुभएका घर्तीमगरले आफूलाई उत्कृष्ट १ मा पार्न सहयोग गरिदिनुहुन सबै शुभचिन्तक हरुमा गरेका छन् ।
देशभरका हजारौं सहभागीहरुलाई पछाडि पार्दै उत्कृष्ट २५ मा पर्न सफल भएको छु’, घर्तीमगरले भन्नुभयो, ‘मलाई उत्कृष्ट बनाउन यहाँहरुको भोटिङको आवस्यकता पर्छ त्यसैले मलाई आफ्नो मोवाइलको एस.एम.एस. बक्समा गएर क्यापिटल एम.एन.एम (MNM) टाइप गरी एक एपेस छाडेर २० टाइप गरी ३३००१ मा सेण्ड गर्न अनुरोध गर्दछु । साथै एस.एल.सी. प्रिन्स फेसबुक पेज लाइक गरी त्यसमा रहेको सौगात घर्तीमगरको फोटो लाइक गरिदिन अनुरोध गर्दछु ।’
दाङको घोराहीस्थित होटेल दाङभ्यालि प्रालिका सञ्चालक बसन्त जीएम र श्रीजना जीएमका सुपुत्र सौगात घर्तीमगरले माउण्ट भ्यू बोर्डिङ स्कुलबाट यसवर्ष एस.एल.सी परीक्षा दिएका थिए ।