बिमल गौतम
तुलसीपुर ११ माघ । तुलसीपुर नगर पालिका वडा नम्वर ३ का महिलाहरु सिप सिक्न लागि परेका छन । सिप नहुदा भने जस्तो काम गर्न नपाएका उनीहरुले सिप सिक्न शुरु गरे पछी खुसी बनेका छन । आफनो हातमा सिप नहुदा भने जस्तो आय आर्जन गर्न समेत नसकिने भन्दै उनीहरुले कम्मर कसेर तालिम लिन थालेका छन । तुलसीपुर नगर पालिका वडा नम्वर ३ को वडा बजेटबाट महिलाहरुलाई १५ दिने कढाई तालिम दिन शुरु गरे पछि उनीहरु हौसिएका छन ।
शुरु शुरुमा कसरि सिक्ने होला भनेर चिन्तामा परेका महिलाहरुलाई हात चल्न थाले पछि भने अझै धेरै सिक्ने रहर जागेको छ । अव सिप सिकेर शु्रु शु्रुमा आफनै कपडामा कढाई गर्ने तथा पछि गएर ब्यवसायिक रुपमा कढाई गर्ने उदेश्य राखेको तालिममा सहभागि शोभा पौडेलको भनाई रहेको छ । तालिममा सहभागि भएर यति धेरै सिप सिक्छु जस्तो लागेको थिएन तर १५ दिनमा पनी धेरै सिक्न सकिदो रहेछ पौडेलले भन्नु भयो । त्यसैगरि तालिममा सहभागि अर्कि सहभागि शुसिला केसीले पनी तालिमले आफुमा बिश्वास थपेको बताउनु भयो ।
सिप सिकेर ब्यवसाय सचालन गर्न सके परिवार सचालन गर्न समेत सक्ने केसीको भनाई रहेको थियो । महिला दिदि वहिनिहरु निकै उत्साहका साथ तालिममा सहभागि भएको तुलसीपुर नगर पालिका वडा नम्वर ३ का वडा सचिव होम बहादुर वलिले बताउनु भयो । तालिम प्रतिको महिलाहरुको उत्साह देखेर आफु निकै खुसी भएको भन्दै तालिममा सिकेको सिपलाई ब्यवहारमा उर्तानेमा आफु बिश्वस्त रहेको सचिव वलिले बताउनु भयो ।