सल्यान, ११ माघ । गएराति सल्यानको लुहाम बजारमा एउटा कुखुरा फार्ममा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट करीव सात सय कुखुरा र फार्म जलेर नष्ट भएको छ ।
आगजनीबाट करीव १० लाख बराबरको क्षति भएको बताइएको छ । प्रहरीले एक जना ब्यक्तीलाई उक्त घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएको छ ।