बाँके, ११ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संसोधनले मधेसी जनताको भावनाको कदर हुने बताएका छन् ।
संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उनले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गरे । निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प भएको बताए ।
काँग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति भएको बताए ।