इन्द्रेणी संवादाता
घोराही, १५ जेठ
दाङका बाघको छाला सहित तीन जना पक्राउ परेका छन् ।
नारायणपुरबाट पक्राउ परेका तीनै जनाले बाघको छाला बेच्न सल्यानबाट दाङ ल्याएको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।
यसअघि पनि नेपाल प्रहरीको मध्यपश्चिम क्षेत्रीय ब्यूरोको टोलीले सल्यान बाट बाघको छाला सहित तस्करलाई नियन्त्रणमा लिएको थियो ।।