नेपाली समाजमा बाबु छोरीबीचको अनैतिक सम्बन्धलाई हाडनाता करणी मानिन्छ । यसो गर्नेलाई कडा कानुनी सजाय पनि छ । तर बेलायतमा बाबु र छोरीबीच लामो समयदेखि अफेयर चलेको घटना सार्वजनिक भएपछि त्यसले चर्चा पाएको छ । हुन पनि हो, बाबु र छोरीको सम्वन्धलाई अत्यन्तै पवित्र मानिन्छ । तर यस पवित्र सम्वन्धलाई खल्बल्याउने मानिस प्रशस्तै भेटिन्छन् ।
वेबसाइटमा उनले बिलौना गर्दै लेखेकी छन्, ‘म एक वर्षदेखि एउटा भयानक दुस्वप्नबाट गुज्रिररहेकी छु, मैले थाहा पाएँ कि मेरी जेठी छोरी र श्रीमान मेरो पिठ्यूँ पछाडि रासलिला गरिरहेका छन् ।’
उनले लेखेकी छन्, बाबु र छोरीबीच आदानप्रदान भएका टेक्स्ट म्यासेजहरु हेरेर मैले उनीहरुको चर्तिकला थाहा पाएकी हुँ, उनीहरुले आपसमा ‘लभ कार्ड’ साटासाट गरेको पनि मैले थाहा पाएँ, त्यसपछि दुवैलाई राखेर सम्झाउन खोजेँ, तर उनीहरुले यो कुरा अस्वीकार गरे । मैले जति सम्झाउन खोज्दा पनि उनीहरु रोकिएनन् ।
म अत्यन्तै निराश, विक्षिप्त र चिन्तित छु । बाबु छोरीको सम्वन्ध थाहा पाएपछि म श्रीमानसँग सुत्न पनि छाडिसकेको छु । तर, श्रीमानसँग एउटै घरमा बसिरहेकी छु ।