संजय कुशवाहा
नवलपरासी ९ माघ । नवलपरासी जिल्लाको पक्लिहवा ३ सेमरी मुसहर टोलका करिब ७० घरधुरी परिवारका बालबालिकाहरूमा खुशी याली छाएको छ ।
बिवेकशिल नेपाली दल नवलपरासी तथा बिवेकशिल नेपाली दल रुपन्देहीको संयुक्त आयोजना करिब ७० घरधुरी भएका परिवारका महिला,बृद,बालबालिकाहरुलाई कम्बल,जैकेट,स्वीटर लगायत जस्ता न्यानो कपडाहरु बितरण गरिएको बिबेकशिल नेपाली दल नवलपरासीका जिल्ला सदस्य कृष्ण भट्टराई ले बताउनु भयो ।
मुसहर टोलका बालबालीकाहरु न्यानो कपडा नहुदाँ चिसो मौसममा विध्यालय जान छाडेको र शिक्षा बाट बन्चित हुदै गएपछि सो ठाउमा न्यानो कपडा बितरण हुदा बालबालिकाहरु खुशी भएको भट्टराईले बताए । पक्लिहवा प्रहरी चौकीका ईन्चार्ज कुल बहादुर क्षेत्रीको प्रमुख अथित्यता तथा मधेश युवा विकास मन्च पक्लिहवाका भानु प्रसाद चौहान को अध्यक्षता रहेको थियो ।
बितरण कार्यक्रममा गोपाल शर्मा, बिष्णु राज रेग्मी, अशिष भण्डारी, सागर न्योपाने, मनिष पाण्डे, खेम राज गिरी ,सुवाष भण्डारी, सरद पाण्डे लगायत हरुको उपस्थिति रहेको थियो ।