बन्जुलः गाम्बियाका पूर्वराष्ट्रपति याहया जम्मेहले राष्ट्रपतीय शक्ति परित्याग गर्न तयार भएका छन् । पश्चिम अफ्रिकी देशहरुको समूहले शान्तिपूर्ण रुपले पद त्याग चेतावनी दिएको भोली पल्ट अर्थात शनिबार जम्मेहले पद त्याग्ने घोषणा गरेका हुन् ।
सम्बोधनका क्रममा उनले थपे, ‘शान्तिपूर्ण तरिकाले नै हामीले समस्याको समाधान गर्नेछौं, यहाँ एक थोपा पनि रगत बगाउनु आवश्यक छैन ।’ उनले पद त्याग गर्ने आफ्नो निर्णय कसैको दवावमा नगरेको दावी गर्दै गाम्बियाका जनता र प्यारो देशको सर्वोच्च हितका लागि गरेको बताए ।
सन् १९९४ देखि लगातार राष्ट्रपति भएका लामो अनुभवी नेता जम्मेहले गत महिना भएको राष्ट्रपतिय निर्वाचनमा भएको पराजयलाई अस्विकार गर्दै आएका थिए । मौरिटेनियन राष्ट्रपति मोहम्मद उल्ड अब्देल अजिज र गायनका राष्ट्रपति अल्फा कोण्डेको मध्यस्थतामा बन्जुलमा भएको बार्तापछि जम्मेहले पद त्याग्ने घोषणा गरेका हुन्