धनुषा, ८ माघ । जनकपुरको व्यस्त बजार मिल्स एरिया चोकमा लुटपाट भएको छ । धनुषाको सतोषरस्थित श्रमजीवी सहकारी संस्थाका कर्मचारीबाट मिल्स एरियाको आइएमइबाट ९४ हजार लुटिएको प्रहरीले जनाएको छ ।
यादवका जिउमा फोहर लागेछ भनेर एक जनाले भनेपछि छेउको ट्युबवेलमा धुन गएका बेला नगदसहित झोला लिएर लुटेरा फरार भएको धनुषाका प्रहरी उपरीक्षक लीलामणि आचार्यले जानकारी दिए । लुटेराको खोजतलास भइरहेको छ ।