हुम्ला, ८ माघ । हुुम्लाको मेल्छाम–१ का बाँचे बुढाले गोली हान्दा मेल्छामकै बाटुली बुढा घाइते भएकी छिन् । राति १२ बजे रक्सीले मातेका बुढाले बाटुलीको दाइलाई मार्ने भन्दै गोली हान्दा बहिनी बाटुलीलाई लागेपछि उनी घाइते भएकी हुन् ।
भित्तामा लागेको गोलीको छर्रा लागेर बाटुली घाइते भएकी हुन् । गोली प्रहार गर्ने बाँचे बुढा फरार रहेको पिप्लागं प्रहरी चौकीले जनाएको छ ।