काठमाडौं, ८ माघ । ऊर्जा मन्त्रालयले शुरू गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा हालसम्म दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९ सय ४३ बराबरको प्रतिवद्धता प्राप्त भएको छ ।
आन्तरिक रूपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले गत महीनाबाट नागरिकलाई प्रतिवद्धता जनाउन आग्रह गरेको थियो ।
हालसम्म २४ हजार २ सय ४९ जनाले लगानी प्रतिवद्धता जनाएका छन् भने संस्थागत रूपमा २७ ओटा संस्थाले लगानी प्रतिवद्धता जनाएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थागत रूपमा आठ करोड ६१ लाख ७५ हजार लगानीे प्रतिवद्धता आएको छ ।